मुख मैथुन…१

मुख मैथुन भन्ने शब्दले मुख र लिङ्ग, मुख र योनी वा मुख र सम्वेदनशिल अन्य कुनै अङ्गको घर्षणबाट यौन आनन्द लिने,दिने प्रक्रृयालाई जनाउँछ ।यसमा जिब्रो पनि समावेश वा प्रयोग हुन सक्दछ ।

मुख मैथुन मानिसको प्राकृतिक यौन व्यवहार होइन ।तर मानिसको प्रखर मस्तिष्कले प्राक्कृडाको रूपमा मुख मैथुनलाई ग्रहण गरि सकेको अवस्था छ । कतिपय प्रयोगकर्ताहरू मुख मैथुनलाईनै मुख सम्भोगको रूपमा बिकास गरी त्यसमैं चरमोत्कर्ष प्राप्त गर्ने कुरालाई पनि आधुनिक यौन बिज्ञानले स्वीकार्नु पर्ने जिकिर गर्दछन ।
तर याे परिच्छेदको लेखकको बिचार मुख मैथुनको
यतार्थ रूप मुख सम्भोग हुनु पर्दछ भन्ने कुरामा सहमत भएता पनि यो नै सम्भोगको अन्तिम वा कुनै पनि समयमा एकमात्र परिणति हुनुपर्छ भन्ने कुरामा पटक्कै सहमत हुन नसकिने छ । त्यस्तो विचार अतिवादी हो र त्यसले सम्भोगलाई सुन्दर होइन अराजक बनाउँछ।हस्तमैथुन जस्तै प्राक्कृडाको यो एक पाटो वा अभिन्न पाटो भने बन्न सक्तछ । तर याैन ब्यबहारकाे सर्व स्वीकृत मान्यता प्राप्त गर्न तिनवटा कुरा आव
श्यक छ ।
क.योनी मुख सम्भाेग वा लिङ्ग मुख सम्भोग अघि मुख योनी वा लिङ्गकाे पूर्ण र निरन्तर यौन व्यवहारमा नियमित सरसफाई हुनु पर्छ ।
ख.मुख वा लिङ्गमा कुनै पनि किसिमको घाउ वा
वा रगतको संसर्गबाट रोग सर्ने संंभावना हुनु हुँदैन ।
त्यस्तो अवस्थाको रोकथामको लागि कण्डोम वा
डेन्टल कभरको प्रयोग जरूरी छ ।
ग.यो व्यवहार दम्पति वा जोडीको आपसी सहमतिमा
हुनु पर्दछ ।

प्रतिनिधि कथा…फ्यान्टासी

पतिले उसलाई आफू नजिक तान्दै कानैनिर मुख लगेर साउति गर्दै भन्यो-एउटा कथा सुन्ने ?
उँ…बेला न कुबेला बजी नेला भनेजस्तो । नसुन्ने कथा.. सथा । उ च्याँट्ठिई ।
सुनन प्लिज ..।
ल .ल .. छिटो भनिसक । उ अलि मत्थर भई ।

“एउटा ठूलो फाईव स्टार होटेलको आरामदायी एयरकन्डिसन्ड कोठामा तिमी बैंसमा भए जस्तै राम्री,गोरी,सुन्तलाको केस्रा जस्तै ओठ भएकी राम्री केटीलाई एउटा बलिष्ठ चौडा छाति भएको, दुबै हातका पाखुरामा बटारिएका मांसपेशी भएको पुरूषले झुक्याएर पछाडिबाट अङ्गालो हालेछ ।”
अनि…?
केटी आत्तिएर चिच्याउन खोज्दा हत्तपत्त आफूतिर फर्काएर उसका पातला ओठलाई आफ्ना ओठले थिचेछ ।
त्यसपछि…?
लामो लामो तात्तातो सास फाल्दै उ हत्तारिई ।
त्यो पुृूरूषले उसलाई जुरूक्क आफ्ना दुबै पाखुरामा उठाएर नजिकैको गद्दादार पलङ्गमा लगेर राखेछ । अनि माया गर्दै शरीरका सबै कोमल अङ्गहरू दुबै हातले सुम्सुम्याउँदै केटिका लुगाहरू एक पछि अर्को गरेर फुकाल्दै निर्वस्त्र पारेछ ।
आमैं…त्यसपछि नि…? उ स्वां स्वां गर्दै अात्तिएर सोध्छे ।
केटीको टाउको आफ्नो चौडा छातिमा राख्दै अनि उस्लाई कोल्टे पारेर आफू तिर तान्दै आफ्नाे हात उस्का दुई डोला डोला तिघ्राको बिचमा पसाउन खोजेछ । अनि…
अब भयो अहिले.. अब मेरो पालो.. म भन्छु अब कथा…। असह्य भएपछि उसले रोकी ।
तिमी भन्ने ?
हो.. अब म भन्छु । तिमी सुन्ने .. ।
ल भन त ।

“दुईजना मात्र लिफ्टमा बाँकी रहेपछि तिमी जवान हुँदा जस्तै एउटा भद्र र सुकुमार खाईलाग्दो केटोलाई देखेर पछि पछि लिफ्ट चढ्न आएकी पातली, कम्मर छिनेकी, पुष्ट छाति र चौडा नितम्ब भएकी केटी एक्कासी बीचमा लाइन गएर लिफ्ट रोकिंदा त्यो केटासंग ठोक्किन पुगिछ।”
अनि … ?
बलियो छातिमा आफ्नो टाउकोले आड पाएपछि उसले च्याप्प दुबै हातले केटाको कम्मरलाई अँगालेर उसंग टाँस्सिईछ ।
त्यसपछि ?
आफ्ना दुबै पुष्ट छाति केटाको छातिमा टाँसेर कुर्कुच्चा उठाएर तन्किंदै उसले आफ्ना रसिला ओठ केटाको ओठमा राखिछ ।
अनि… अनि …. ।
केटाका दुबै तिघ्रा माथि आफ्ना मांसल तिघ्राको दवाब बढाउँदै कम्मर मुनि पनि आफ्नो पुरै शरीर केटाको शरिरमा ढेपिछ ।
त. त.. त… त्यसपछि ? उ स्वाँ फ्वाँ गर्दै, तात्तातो सास फेर्दै भक्भकायो ।
केटीले आफ्नो एउटा हात बिस्तारै केटाको पाइन्टको…।
बस् ..बस्… अब भयो अहिले ।
कति छिटो ।छ्या तिमी त जहिले पनि । श्रीमतीले दिल खोलेर हाँस्दै दुवै जनाको पूर्ण नग्न शरीरलाई छोपेको सिरक पल्टाएर टावेल तान्न हात लम्काई ।

प्रतिनिधि कथा…हस्त मैथुन…१

डा.उप्रेतिले दुवैजनाको अनुहारतिर पालो पालो हेर्दै भने-पुराना रिपोर्टहरू राम्रोसंग हेर्दा मैंले विभिन्न स्वास्थ्य संस्थाहरूमा गएर एकै किसिमका परीक्षणहरू बारम्बार गराउनु भएको पाएँ ।दुबै जनाको हार्मोनको अवस्था सन्तोषजनक रहेको मेरो निष्कर्ष छ । अर्कोतिर राजनजीको वीर्यमा शुक्रकीटको संख्या र समक्रमणको स्थिति पनि सन्तोषजनक रहेको बारम्बारका परीक्षणको रिपोर्टबा स्पष्ट हुन्छ । रीताजीको पाठेघरको,डिम्बबाहिनी नली र योनीबाट लिईएको स्वाबको रिपोर्ट पनि सामान्य ब्यक्तिमा हुनुपर्ने जस्तै छ । यसरी सरसर्ति हेर्दा तपाइंहरुको बिवाह पछि तपाईंहरू सन्तानको चाहना राखेर कुनै गर्भनिरोधक साधन प्रयोग नगरी सात वर्ष लामो समयसम्म संगसंगै जीवन यापन गर्दा पनि गर्भधारण नहुनुको कारण परम्परागत चिकित्साको दृष्टिकोणबाट एक किसिमले रहस्यमयनै देखिन्छ ।
त्यै त भनेको डाक्टर साब हामी कहाँ कहाँ गएनौं ? कुन कुन जाँच कुन डाक्टरले भने जसरी गराएनौं ? के औषधि कुन डाक्टरको सल्लाह अनुसार खाएनौं ? अन्तयमा केही काम नलागेर तपाईंको नाम सुनेर र तपाईंको उपचारबाट सन्तान पाएकै एकजनाको सिफारीसमा हामी यहाँ आएका डाक्टरसाब ! अब तपाईंकै आश छ । तपाईंको उपचारबाट जायजन्म भएमा,हामी आमाबाबु बन्न पाएमा तपाइंको जीवनभर गुणगान गर्नेछौं । तपाईं र तपाईंका सन्तानलाई पनि इश्वरले हेर्नेछन ।रीताले यसअघिका सबै ढाक्टरकहाँ हाल्दै आएको बिन्तपत्र डा.उप्रेती समक्ष पनि चढाई ।
डा.उप्रेतिले लामो सास तानेर आफू बसेको आरामकुर्सीमा अडेस लाग्दै भने- हेर्नुस रीताजी । सबै डाक्टरले आफूले उपचार गरेको ब्यक्तिको उपचार सफल होस,मलाई जस मिलोस भन्ने चाहना राख्दछ । त्यसकारण म अरूले गरेको उपचार उपयुक्त थियो थिएन भन्ने अनधिकृत विषयमा प्रवेश नगरी बरु आफ्नो सीमाको बारेमा तपाईंलाई केही बताउन चाहन्छु ।
म प्रजनन स्वास्थ्यको क्षेत्रमा बिगत बीस वर्ष भन्दा बढी समयदेखि निरन्तर रूपले कारयरत चिकित्सक भएको कारणले बाँझोपन र त्यसको प्रचलित उपचारको बारेमा मैंले गर्ने उपचारको सिद्धान्त र मैंले गर्ने उपचारको सिद्धान्तमा फरक पर्दैन । बरू जहाँ जहाँ वा जुन जुन केसमा जटिल प्रक्रिया वा शल्य चिकित्साको आवश्यकता पर्दछ त्यहाँ स्त्री बिशेषज्ञ वा युरोलोजिस्ट र हार्मोनको जटिलता बढी भएका केसहरूमा इन्डोक्राईनोलजिस्टको सेवा बढी उपयोगी हुन सक्दछ । म आदारभूत रूपमा यौन बिशेषज्ञ भएको कारणले मेरो सेवा त्यस्ता केसहरूमा बढी प्रभावकारी हुन सक्तछ जहाँ सन्तान नहुने दम्पतीका बीच अापसी सम्बन्ध वा यौन सम्बन्धमा कुनै शारीरिक वा मानसिक जटिलता छ अथवा मनोबैज्ञानिक कुनै जटिलताले शारीरिक प्रभाव पनि निम्त्याएको छ । त्यसकारण म तपाईंहरूको नितान्त व्यक्तिगत जीवन,जसको विवरण सामान्य अवस्थामा व्यक्तिले कसैलाई पनि दिनु नहुने सामाजिक मान्यता छ र कुनै पनि व्यक्तिलाई त्यसको विवरण दिन कानूनले पनि बाध्य गर्न सक्दैन, त्यसको कुनै पनि पक्ष बारे जानकारी लिन र प्रश्न सोध्न मलाई स्वेच्छिक अनुमति दिने सहयाेगको लागि अनुरोध गर्दछु ।
डाक्टरको कुरा सुनेपछि दुवैजना एकिछन अक्मकाए, एक अर्कालाई हेराहेर गरे अनि फेरि लगभग एकै पटक दुबैको मुखबाट आवाज निस्कियो मलाई मन्जुर छ डाक्टर साहेब ।
त्यसपछि डाक्टर एच.सी.उप्रेती र राजन तथ रीता चौलागाईं दम्पति बिच आधा घण्टाको काउन्सेलिङ् सेसन शुरू भयो ।
आधा घण्टा लामो छलफलपछि डा. उप्रेती रीततर्फ फर्किएर भन्दै थिए अब अन्तिम प्रशन- दुबै जनाले विवाह पश्चात शुरूदेखि अहिलेसम्म आफ्नो यौन जीवनबाट लगातार सन्तुष्टी महशुस गर्दै आउनु भएको छ ?
राजनले सकारात्मक रूपमा शिर हल्लाएर यो कुरामा आफ्नो सम्मति जनायो । रीताले केहीबेर अक्मकाउंदै भनी-अँ अब त एडजस्ट हुन सिकियो,बानी परियो । विवाहको केही समय पछि सम्म त अाफूलाई उपेक्षित महसूस गर्थें म । आफूमा केही ठूलै कमी कमजोरी छ भन्ने आभाष हुन्थ्यो ।
विवाहको तत्काल पछिको केही समयसम्म तपाईं आफूलाई वहाँबाट उपेक्षित महशूस गर्नुहुन्थ्यो ? डाक्टरले प्रतिप्रश्न गर्दा राजनले अलि झस्केर रीतातिर हेर्यो ।
हजुर.. । हो…।कहिलेकाहीं त माइत फर्केर जाऊ कि आत्महत्या गरौं जस्तो पनि लाग्थ्यो ।
राजनको निधारमा पसिनाका केही थोपा देखा परे । अनुहार मलिन देखियो ।
किन ? यो प्रश्न गर्दै गर्दा डाक्टरका दुबै आँखा मानौं रीताको अनुहारमैं गाडिएका थिए ।
किनकि सम्भोग पछि वहाँ सधैं बाहिर निकालेर स्खलन गर्नुहुन्छ । हातले ।
डा. उप्रेती लामो सास तानेर आराम कुर्सीमा लमतन्न तेर्सिए ।

स्वप्न दोष…१

स्वप्न दोष
स्वप्न दोष सस्कृतबाट नेपाली भाषामा आएको तद्भव वाक्यांश हो ।
अलग अलग विश्लेषण गर्दा स्वप्न भन्ने शब्दले निदाएको बेलामा देखिने सपनालाई बुझाउँछ । त्यस्तै दोष शब्दले यस्तो विशेष अवस्था बुझाउँछ जो कुनै अज्ञात कारणवस घटित भएको छ र जसले व्यक्तिलाई क्षति पुर्याउँछ । तर सामान्य बोलचालमा यो वाक्यांश निदाएको बेलामा वीर्य स्खलन भएको स्थितिलाई बुझाउन प्रयोग गरिन्छ ।
दोष शब्द प्रयोग हुनु सम्भोगको बेला बाहेक अन्य कुनैपनि बेला वीर्य निष्काशन हुनु शरिरको लागि हानीकारक हुने त्यसबेलाको सांस्कृतिक मान्यता अनुसार हो । वीर्य बन्ने र शरिरबाट यसको निस्कासन कतिबेला हुने,कतिबेला र कस्तो अवस्थामा यस्को संचय हुने भन्नेकुरा व्यक्तिको उमेर,उसको शरिरमा पुरुष हार्मोनको सकृयताको अवस्था र संभोग वा अन्य स्वाभाविक वीर्य निष्कासनको सम्भावना भए, नभएको अवस्थाले निर्धारण गर्ने बैज्ञानिक तथ्य त्यतिखेर उद्घाटित भएको थिएन र भएको अवस्थामा पनि त्यस्तो विचारले मान्यता पाउने सम्भावना थिएन । त्यतिखेर मानवीय यौनिकताको अध्ययन यति बिस्तृत र बैज्ञानिक धरातलमा भएकाे थिएन । किशोर अवस्था र युवावस्थाको पुरुष जसको न कुनै याैन साथी छ न उसलाई हस्तमैथुनको लागि सहज वातावरण उपलब्ध छ;यदि सुतेको बेला कामोत्तेजक स्वप्नको कारणले स्खलित हुन्छ भने त्यो स्बाभाविक हो र यसमा कुनै दोष छैन भन्ने ज्ञान यश उमेरका किशोर तथा युवाहरूलाई दिन सकिएन भने उनीहरू यो स्वभाविक घटनालाई आफ्नो भाग्य वा कुनै दुसाध्य रोगको दोष ठानेर उनीहरू मानसिक कुण्ठाले ग्रस्त भईरहन्छन् र अवसादग्रस्त भएर पढाइ वा काममा सुस्त हुने संभावना रही रहन्छ । स्वप्न दोष हुँदा भएको स्खलनमा सामान्यतया झोल पदार्थको मात्रा बढी हुन्छ र वीर्यको ठोस भाग अर्थात शुक्रकीटको मात्रा कम । वीर्य थैलीमा जम्मा भएको वीर्य थैलीको भित्ताबाट हुने श्राव र पौरुष ग्रन्थीबाट निस्कने रस यस किसिमको स्खलनमा बढी हुन्छ जसको स्खलनको लागि धेरै मांसपेशीको संकुचनको अावश्यकता पर्दैन।संभोगमा जस्तो चरमोत्कर्षमा पुग्दा हुने नितम्ब र अंडाशयका मांसपेशीको संकुचन नहुने हुँदा अंडकोष र वीर्य प्रवाहिनी नलीमा रहेका परिपक्व र परिपक्व हुने क्रममा रहेका शुक्रकीटहरू यस्तो स्खलनको बेला मूत्रनली सम्म पुग्ने सम्भावना कम रहन्छ र स्खलन हुँदा त्यसमा
शुक्रकीटको मात्रा पनि नगण्य वा शून्य पनि हुन सक्दछ ।

प्रतिनिधि कथा…लिविंग टुगेदर..२

कोठाबाट सबैलाई बाहिर पठाएपछि रितेशले नेहाको दाहिने हातमा लिएर देब्रे हातले उसको घना,कालो केसराशी सुमसुमाउँदै सुस्तरी भन्न थाल्यो – अात्महत्या तिम्रो समस्याको समाधान हो भन्ने भ्रम तिमीलाई कसरी भयो ।मित्रता भैसकेपछि त आफुले समाधान खोज्न नसकेपछि मित्रहरुसंग छलफल गरेर,मिलेर पो त समस्याको समाधान खोजिन्छ ।

दुवै आँखाबाट निरन्तर आँसुका धारा बगाइरहेकी नेहा केहीबेर सुँक्क सुँक्क गर्दै धेरैबेरसम्म केही नबोली रोइरही । त्यसपछि सायद उसको मनको घाउलाई आँसुले राम्रोसंग धोइसकेपछि बिस्तारै बोल्न थाली- मेरो गुनासो सरसंग होइन । ननै मेरा अरु मित्रसंग । सरले मेरो लागि प्रयास गर्नु भएको मलाई थाहा छ ।दोष सरको होइन । मेराे भाग्यको हो । मेरो विवशताको हो । अनि गरीबको घरमा जन्म लिने मेरो प्रारब्धको हो । मैंले इन्टर्नसीप जोगाउन सरसंग एउटा कम्प्रोमाइज गरें । त्यस्तो कम्प्रोमाइज गर्नु मेरो त्यसबेलाको अपरिपक्वताको कारण थियो भन्नेकुरा मलाई अहिले महसूस हँदैछ । त्यो कम्प्रोमाईजको फलस्वरुप मैंले आफ्नो सबैभन्दा मूल्यवान सम्पत्ति मेरो सतित्व गुमाएँ । त्यत्रो ठूलो निर्णय लिनुअघि मैंले जन्म दिने, हुर्काउने र लेखपढ गराउने आमाबाबुसंग सल्लाह गरिन । अब मैंले नैतिक रूपमा बाबुआमा कहाँ जाने र त्यहां गएर सहारा माग्ने वा सल्लाह लिने अधिकार पनि गुमाएको मेरो निष्कर्ष छ ।

मसंग अब न घरबेटीलाई घरभाडा दिने पैसा छ । न खानपिनको सामान किन्ने । आफ्ना एकमात्र निकटतम आत्मीय आमाबाबुको घरजाने बाटो बन्द भैसकेपछि म संग मृत्युको के विकल्प छ र सर ?

उसको कुरा गम्भीरतापूर्वक सुनी सकेपछि रितेशले भन्यो -तिम्रो कुरा राम्ररि सुनेपछि मलाई के अनुभूति हुँदैछ भने जतिनै तिमीले दोषमुक्त भनेर पन्छाए पनि हाम्रो सामाजिक संरचना अनुसार तिमी र तिम्रो गरिबी बाहेक तिम्रो आजको अवस्थाको लागि अर्को पनि एउटा जिम्मेवार पात्र छ ।

त्यो को सर …?

म त्यसैले यसको समाधानको खोजीमा सम्मिलित हुनु मेरो पनि कर्तव्य र जिम्मेवारी हो ।

के समाधान हुनसक्छ यो समस्याको मृत्युबाहेक । इमान्दार भएर भन्नुस र मलाई मर्न दिनुस् ।

मृत्यु यो समस्याको समाधान होइन । अवश्यंभावी अवस्थामा फेरि मृत्युको विकल्प हुँदैन ।

त्यसो भए अरु के त ? तपाईं संग विवाह ? त्यसो हुन सक्दैन । कारण तपाईं र मेरो बिचमा प्रेम भएर तपाईंले मलाइ धोका दिएको होइन । तपाईंले अाफूलाई मेरो अवस्थाको लागि जिम्मेबार ठानेर वा दया गरेर बिबाह गर्ने हो भने त्यो मलाई मन्जुर छैन।त्यसो भएमा म परिस्थितिको फाईदा उठाउने स्वार्थी हुनेछु ।

त्यस्तो केही पनि होइन । तिमी सबै आफ्ना मनगढन्त कुरा गर्दैछ्यौ । आज मेरो यौटा कुनै पुरूषसाथी तिम्रो ठाउँमा भएको भए म के गर्थें ? आफ्नो घर लैजान्थें । काम खोज्न सहयोग गर्थें । काम नपाउन्जेल उसको खाने र बस्ने खर्च मैं तिर्थें । अनि उसले काम पाए पछि उधारो हिसाब गनेर फिर्ता लिन्थें ।

होला…ठिकै हो।

मेरो प्रस्ताव फेरि पनि मित्रताको हो । रितेशले आफ्नो दाहिने हातको हत्केलो नेहातिर बढायो ।

केहीबेर सोचेर नेहाले बिस्तारै आफ्नो दायाँ हात रितेशको दायाँ हाततिर बढाई …।

प्रतिनिधि कथा…लिभिङ्ग टुगेदर…१

“ब्यांकको मर्जर हुने कुरा चल्दैछ । मर्जर पछि स्टाफ कटौतीको शर्त राखेको छ ठूलो ब्यांकले ।त्यस संगसंगै इन्टर्नहरु पनि हटाइन्छन होला ।”रितेशले खासगरी नेहालाइनै सुनाउन यो सूचना प्रवाहित गरेको थियो ।त्यसकारण उसैतिर हेरेर कुनै एफ.एम.रेडियोले समाचार वाचन गरे जस्तै गरी फरर कुरा राख्यो अनि कफीको चुस्की लियो ।

नेहाको अनुहारमा उसले अपेक्षा गरे जस्तै प्रतिक्रया पाएर मनमनै खुशी हुँदै लामो सास छोडेर कफीको कप टेबुलमा राख्यो ।

रितेश ब्यांकको ब्रान्च म्यानेजरको पदमा कार्यरत अविवाहित युवक हो । ब्यांकमा राम्रो क्यारीयर बनाएर पछि बाबाको सबै भन्दा बढी शेयर भएकाे ब्यांक आफैं चलाउने उद्देश्य लिएर उ अष्ट्रेलियाबाट एम.बि.ए.गरेपछि त्यहिंकाे पी. आर.नलिएर नेपाल फर्केकाे ।

बि.बि.ए.मा राम्रो नम्बर ल्याएर पास गरेका र ब्यांकमा काम गर्ने लक्ष लिएका ९ जना नवयुवक र युवतीहरूलाइ ब्यांकले आफ्नो मुख्य शाखा कार्यालयमा इन्टर्नको रुपमा गुजारा मात्र चल्ने भत्ता दिएर काममा लगाएको थियो ।

तिनै ९ जनामध्ये २० वर्षे अग्ली,छरितो शरीर र तीखाे दिमागकी धनी नेहा पनि एक थिई । निम्न मध्यम वर्गीय परिवारकी नेहाको लागि इन्टर्नकाे काम पछि ब्यांकमा काम गर्ने र बिना दाईजाे बिबाह गर्नको लागि मात्र होइन,पास भएर डिग्री लिई सकेकि छोरीलाई गाउँबाट शहरमा पैसा पठाएर काम सिकाउन असमर्थ बुवाको राहतको लागि पनि जरूरी थियो ।

त्यसैले अघि रितेशले इन्टर्नहरुलाई हटाउने कुरा गर्दा नेहाको अनुहारमा निराशा छाएको थियो । गालाको सदाबहार लालीको ठाउँ फुस्रोपनले लियो ।हरीणिका जस्ता दुवै आँखामा आँसु छचल्किन खोजेको थियाे ।अनि सधैं मुस्काउन खोजेजस्तै देखिने रसिला सुन्तलाकेस्रे ओठ एक्कासी सुक्खा भएका थिए ।

अस्ट्रेलियाबाट एम.बि.ए. गरेर आएकाे धनी बाबुको छोरो रितेशकाे लागि मनपरेकी कुनै पनि सोझी केटीलाई आफूतिर आकर्षित गर्नु सामान्य कुरा थियो । तर पहिलो पटक नजर पर्दै मनपरेकी नेहा कुन धातुले बनेकी थिई कुन्नी रितेशले साम,दाम दण्ड,भेद कुनै नीति अपनाउँदा पनि उसलाइ आफूतिर तान्न सकेन । त्यसैले आज सबै इन्टर्नलाइ आफ्नो कक्षमा लन्चको लागि निम्ता गरेर याे ब्रम्हास्त्र छोडेको थियो ।

उसको अनुहारमा आफ्नो कुराको तत्काल प्रतिक्रिया देखेर उसलाई लाग्यो – माछाले बल्छीतिर मुख लम्कायो ।

अफिसको काम सकेर बाहिर निस्किनु अघि कुर्सीमैं बसेर आँखा चिम्ली उसले धेरैबेर दिउँसो लन्च आवरको घटना सम्झ्यो । त्यत्तिकैमा भित्ताको घडीले छ पटक घण्टा बजाएर छ बजेको सूचना दियो । उसको आँखा खुल्यो । हतार हतार उठेर ह्यांगरबाट कोट झिकेर लगाई ढोकातिर बढ्न मात्र के लागेकाे थियो, हठात् उसको आँखा अगाडि ठिंग उभिएकी नेहा माथि पर्याे ।

सर् ! नेहा आफ्नो दाहिने खुट्टाको बूढी औंलाले भूईं कोतर्दै दुबै आँखाले भूईंतिर हेर्दै भन्दै थिई-हजुरको बाबालाई भनेर मेरो इन्टर्नसीपको समय मर्जर पछि पनि थप्न मिल्छ कि ? हजुरको म माथि ठूलो गुन लाग्ने थियो ।

हुँ…लामो सास तानेर रितेशले नेहातिर आफ्नो दाहिने हात अघि बढाउँदै भन्यो- कसैले कसैलाई त्यसै गुन लगाउने र गुन मान्ने कुरामा म बिश्वास गर्दिन । मित्रता गराैं । मित्रतामा बराबरीको लेनदेन भैरहन्छ ।म काठमाण्डू गएको बेला बाबासंग कुरा गरौंला । बाई द वे । म अहिले डिनरकोलागि होटेल लेकसाईड जांदैछु । जाने हो ?

नेहाले बिस्तारै आफ्नो दाहिने हात उठाएर उसको हाततिर बढाई ।

ब्यांक मर्जरको सम्पूर्ण प्रक्रिया सकिएपछि ब्यांक बिकास बैंकको स्तरबाट “क” श्रेणीको बैंकमा परिणत भयो । रितेशको पनि प्रमोसन भएर संयुक्त बैंकको पोखरा ब्रान्चको म्यानेजरमा पदस्थापन भयो । यतिका अपेक्षित परिणामसंगै एउटा अनपेक्षित परिणाम पनि साथै आयो । रितेश र उस्को सिफारीसमा रितेशका बाबाको भरमग्दूर प्रयासका बावजूद ब्यांकका सबै इन्टर्नहरु सेवामुक्त भए ।नेहा लगायत । ब्यांकको संयुक्त संचालक समितिले हाल ब्यांकमा इन्टर्ननै नराख्ने निर्णय गर्यो । यो विषयमा रितेशका बाबाहरू अल्पमतमा परे ।

लेकसाईड होटलको कफी सपमा रितेश नेहालाई सम्झाउने प्रयास गर्दै थियो -विश्वास गर नेहा ।मेरो बाबाले कमसेकम तिनजना मात्र भए पनि इन्टर्न राख्न अन्तिमसम्म बोर्डमा अडान लिनु भएको हो।तर अरुले बरू वान्टेड निकालेर स्टाफ थप्ने तर इन्टर्न एकजना पनि नराख्ने भनेर अडान लिएछन । आई एम रियल्ली सरी ।

नेहा आखाभरी आँसु लिएर टेबुलतिर हेर्दै बसी रही ।ऊसंग शब्द थिएनन । थियो त केवल मनमा असह्य पीडा ।

थ्यांक यू फर एभरी थिङ्ग । केवल यत्ति भनेर उ जुरूक्क उठी र बाहिर जाने गेटतिर हानिई ।

मोबाइलको घण्टी लगातार दुईपटक बज्यो । पहिलो पटक त मस्त निन्द्राको कारण उसले आधा घण्टी सपनामा र आधा बिपनामा सुन्यो । निन्द्राले घन्टी सुनेपनि आँखा खुलेनन । दोस्रो पटकको घण्टिको अन्ततिर उसको हात फोनसम्म पुग्यो । बिस्तारै फोन उठाएर मुखनेरी ल्याउँदै निद्राले भरिएको स्वरमा बोल्यो-रितेश स्पीकिंग । सर! हाम्रो ब्यांकमा पहिले इन्टर्नको काम गर्ने नेहा नामकी केटीले थुप्रै स्लिपिंग पिल्स खाएर आत्महत्या गर्ने कोसिस गरिछ । तर बेलैमा उस्को घरबेटीले अस्पताल ल्याएकोले उ बाँची । अहिले होसमा आएपछि काम गर्ने ठाउँको नाम सोद्धा हाम्रो ब्यांकको नाम लिएपछि प्रहरीले मलाई सम्पर्क गर्याे । प्रहरी हाम्रो पनि बयान लिन खोज्दैछ ।के गर्ने सर ? उताबाट ब्यांकको पब्लिक रिलेसन अफिसर बोल्दै थियो ।

ह्वाट्…? रितेश छाँगाबाट खसेजस्तै भयो । घडी हेर्यो ! छ बजेछ ।

पर्ख । म आफैं त्यहाँ आउँछु । कुन अस्पताल रे ?

प्रतिनिधि कथा…

उसको बोली धोंद्रो भएछ ।अोठमाथि हलुका जुँगाको रेखि अनि जुल्फी लर्काएर कोरेको कपाल । मलाई देख्नासाथ अलिकति लजाएझैं गरेर सोध्यो- दिपिका होइन ?
मलाइ उसको जुल्फीमा पक्डेर बेस्सरी तान्दै भन्न मन लाग्याथ्यो-होइन म दिपिका ।म दिपी हुँ जसले हिर्काएको ढुङ्गाले लागेर बसेको चोटको खत अझै तिम्रो निधारमा प्रष्ट देखिन्छ ।
मनमा त्यस्तो इच्छा जागेता पनि मुखबाट आवाज फुटेन । मुटु हलुका कामेजस्तो लाग्यो । अोठ थर्थराए पनि आवाज निस्केन ।जीब्रो सुकेर तालुमा अड्किए जस्तो भयो । उसको आँखा तिर हेरेर जवाफ दिन खोजें। दुवै आँखाका परेला गर्हुंगा भएर उठ्नै मानेनन् ।
थाहै नपाई सानो स्वर निस्किएछ ..हो ।त्यहाँबाट निस्की सकेपछि चालपाएँ ।
बाहिर निस्किएर भाउजू र म घरतिर बढ्दै गर्दा बाटोमा सोच्दै थिएँ – के भएको आज मलाई ? पहिले त कहिल्यै यस्तो भएको अनुभव छैन । छ क्लास सम्म संगसंगै गाउँको एउटै स्कूलमा पढेको त्यही झगडिया जसलाई भेट्नासाथ म उस्को झाँक्रो झार्न पछि पर्दिनथें,त्यही उज्ज्वल हो यो । सधैं कितावमैं गाडिएका हुन्थे उसका आँखा । कसैले हाँसखेल गरेको पटक्कै मन नपराउने,खेलकूदमा कत्ति पनि रुचि नराख्ने । उसको र मेरो स्वभावमा आकाश जमीनको फरक थियो । त्यसैले उस्को र मेरो कहिल्यै पटेन । फस्ट ब्वाई भएको कारण जहिले पनि घमंडले चुर भएजस्तो लाग्थ्यो मलाई । क्लासमा सबैसंग मिलीजुली हँसीठट्टा गर्ने,खेलकूदमा भागलिने मेरो बानी थियो ।
हाम्रो र उसको घर एउटै गल्लीमा पाँच,सात घरको फरकमा थियो ।
छ क्लाससम्म गाउँकै स्कूलमा पढेपछि उ शहरको स्कूलमा पढ्न उतै कामगर्ने आफ्नो दाईसंगै बस्नेगरी गयो । त्यसपछि आजै हो उसलाई भेटेको । अहिले एस.एल.सी.को जाँचपछि रिजल्ट कुर्न गाउँ आएको ।
कति छिटो घर आई सकेछ । उज्ज्वलको घरदेखि आफ्नो घरसम्मको दूरी घटेजस्तो लाग्यो मलाई ।

राती खाना खाइवरी सुतेपछि मलाई निन्द्रा परेन ।
बारम्बार मलाइ उज्ज्वलकै ध्यान आईरह्यो ।कति अग्लो खाइलाग्दो पट्ठो जस्तो देखिएको ? शहर गएर खेलकूद,एक्सरसाइज तिर पनि ध्यान दिन थाल्यो कि क्या हो ? पहिले भन्दा हिसी पर्दो पनि देकिएको । पहिले त अनुहार हेर्दै रीस उठ्दो थियो । बोलीमा पनि त पुरानो झर्को लाग्दो झगडालुपनको ठांउ नरम र मिजासिलोपन अाएछ ।
पढाईमा त पहिले देखिनै तेज हो । भरसक डिस्टिङ्सन नभए पनि फस्ट डिभिजन त पक्कै होला ।
कति दिन बस्छ होला गाउँमा । रिजल्ट भएपछि फेरि शहरै जाने त होला नी ।
अब त यहिं ब्याचलरसम्म पढाइ हुने क्याम्पस खुलेको छ । किन जानुपर्यो शहर…?
हँ ?
एक्कासी झसंग भएँ म । अर्काको बारेमा मलाई किन यति धेरै चासो …?